मायामी ओपनको उपाधि आरिना सबालेन्कालाई

चैत्र १७, २०८१ |खेल ब्युरो
मायामी ओपनको उपाधि आरिना सबालेन्कालाई

काठमाडौं । शीर्ष वरीयताकी आरिना सबालेन्काले अमेरिकाकी खेलाडी जसिका पिगुलालाई हराउँदै मायामी ओपनको उपाधि जितेकी छन्। गएराति भएको खेलमा ले सोझो सेटमा जित निकालेर उपाधि कब्जा गरिन्।

खेलेका पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक बन्दा उनले ७-५ को जित हाासिल गरेकी थिइन्। त्यसैगरी उनले दोस्रो सेटमा ६-२ को जितसाथ आठौं पटक डब्लु टिए एक हजारको उपाधि जितेकी हुन्।

उनी यसअघि भएको इन्डियन वेस्ट टेनिस र गर्न जनवरी फेब्रुअरीमा भएको अष्ट्रेलियन ओपनकी उपविजेतासमेत हुन्। तर यसपटक उनले उपविजेतामा चित्त बुझाउनु परेन। उनलको उत्कृष्ट ब्याकहृयान्ड सट उपाधि दिलाउनको लागि पर्याप्त बन्यो। गत वर्ष अमेरिकी ओपन ग्राण्डस्लको फाइनलमा पनि अरिना र जसिकाको भेट भएको थियो।

सो खेलमा सवालेन्का विजयी भएकी थिइन्। आज त्यो हारको बदला लिने अवसर रहे पनि जसिकाले खेलमा कमब्याक गर्न सकिनन्। राम्रो सुरुआत गरे पनि उनले लय कायम राख्न सकिनन्। पहिलो सेटमा दुवै खेलाडीले तीन पटक सर्विस ब्रेक गरेका थिए।

तर त्यसपछि सवालेन्काले रवाफिलो प्रदर्शन गरेर जित हाासिल गरेकी हुन्। उनले ९० माइल प्रतिघण्टाको गतिमा बल प्रहार गरेर अंक आफ्नो बनाएर जित हाासिल गरेकी हुन्। उनले यो सिजन उपाधिको यात्रामा कुनै सेट पनि गुमाइनन्। उनले सबै खेलमा सोझो जित हाासिल गरेकी हुन्।