काठमाडौं । तिलोत्तमा गोल्डकपमा संकटा एफसीले अन्तिम चारमा स्थान बनाएको छ । सोमबार दिउँसो जर्जियन एफसी भारतलाई ४-० ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान बनाएको हो ।
देविनगरस्थित एन्फा टेक्निकल मैदानमा संकटाका लागि सृजनराज गौतम नायक रहे । उनले प्रतियोगिताकै पहिलो ह्याट्रिकसहित टिमलाई विजयी जित दिलाए ।
खेलको ४० मिनेटमा गौतमले टिमको खाता खोले । डिबक्स नजिक निर्मल घिसिङको पासमा सृजनराजले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै सेकेन्ड बारतर्फ स्कोर गरे। पहिलो हाफ एक गोलको अग्रता लिएको संकटा दोस्रो हाफमा झन् आक्रामक देखियो र, तीन गोल थप्न सफल भयो । खेलको ८६औं मिनेटमा सृजनराज गौतमले गोल थपे।
वन भर्सेज वनमा गौतमले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै ब्यक्तिगत दोस्रो गोल गरे। खेलको ईन्जुरी समयमा गौतमले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । आज, मंगलबार मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लबका बिचमा अन्तिम क्वाटरफाईनल खेल हुनेछ ।