काठमाडौं । नेपालले एसियन कप छनोटको तेस्रो चरण आजबाट सुरू गर्दैछ। पहिलो खेलको लागि यतिबेला नेपाली टिम मलेसियामा छ। मलेसियाको सुल्तान इब्राहिम रंगशालामा नेपाल र घरेलु टोलीबीचको खेल साँझ पौने ८ बजे सुरु हुनेछ।
नेपालले अहिलेसम्म मलेसियासँग सात खेल खेलेकोमा कुनै खेलमा पनि जित निकाल्न सकेको छैन्। सन १९८३ मा आयोजना भएको मर्डेका कपमा नेपाल मलेसियासँग ७-० ले पराजित भएको थियो।
त्यसैगरी सन् १९८५ मा विश्वकप छनोटमा मलेसियालाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो। त्यसपछि भएका तीन विश्वकप छनोटमा नेपाल क्रमश ५-०, २-० र ३-० ले पराजित भएको थियो। यता सन् २००८ मा नेपालले पहिलो पटक मलेसियासँग मैत्रीपुर्ण खेलेको थियो।
सो खेलमा नेपाल ४-० ले पराजित भयो। त्यसैगरी सन् २०१९ को मैत्रीपूर्णमा पनि नेपाल २-० हार आत्मसाथ गर्न बाध्य भएको थियो।मलेसियासँग सातै खेलमा नेपालले कुनै गोल गर्न सकेको छैन्। दुई वर्ष अघि नेपाली टोलीमाले मलेसियासँग बन्द र रंगशालामा मैत्रीपूर्ण खेलेको भएपनि त्यो आधिकारिक मैत्रीपूर्ण थिएन। तर सो खेलमा पनि नेपालले मलेसियालाई दबाबमा राक्न सकेको थिएन।
तर आजको खेलमा मलेसियालाई हराउने लक्ष्य नेपालको छ। नेपाली फुटबल टिमका मूख्य प्रशिक्षक म्याट रसले छनोटमा जितको लागि खेल्ने बताएका छन्। खेलअघि आयोजित प्रि-म्याच प्रेस मिटमा प्रशिक्षक रोसले मलेसियालाई हराउन सक्ने नेपाली टिम मैदानमा उतार्ने बताए। उनले आफूले आक्रामक खेल प्रस्तुत गर्ने बताउँदै वाचा गरेको कुरा पुरा गर्ने बताएका छन्।
त्यसैगरी कप्तान किराण चेम्जोङले मलेसियासँगको पहिलेका खेलको अनुभव रहेको र उसको घरेलु मैदानमा खेल्न उत्सुक रहेको प्रतिकृया दिए।