फिफा विश्वकपको युरोपेली छनोट : इंग्ल्यान्डद्वारा लात्भिया पराजित

चैत्र १२, २०८१ |खेल ब्युरो
फिफा विश्वकपको युरोपेली छनोट : इंग्ल्यान्डद्वारा लात्भिया पराजित

काठमाडौं । फिफा विश्वकपको युरोपेली छनोटमा इंग्ल्यान्डले लात्भियालाई हराएको छ। इंग्ल्यान्डकै वेम्बली रंगशालामा भएको खेलमा घरेल टोलीले ३-० को जित हाासिल गरेको हो।

समूह के अन्तर्गतको खेलमा ३८ औं मिनेटमा गोल गरेर फरवार्ड रिस जेम्सले खेलमा इंग्लिस टोलीलाई अग्रता दिलाएका थिए।

यससागै पहिलो हाफमा लात्भिया एक गोलले पछि पर्यो। दोस्रो हाफमा घरेलु टोलीले दुई गोल थप्यो। हेरी केनले खेलको ६८ औं मिनेटमा गोल गरे भने इबारेची इजेले ७६ औं मिनेटमा गोल गरेसँगै इंग्लिस टोलीले ३-० को जित हात पारेको हो। यो जितसँगै समूह के को शीर्षस्थानमा इंग्ल्यान्डले ६ अंक बनाएको छ।

लात्भियाको पनि तीन अंक छ। यही समूहमा गएराति नै भएको खेलमा अल्वानीयाले एन्डोरालाई ३-० ले हराएको छ। यो जितसँगै अल्वानियाले पहिलो तीन अंक जोडेको छ भने एन्डोरा अंकविहिन छ। गएराति नै १० खेलाडीमा समेटिएको माल्टालाई पोल्यान्डले २-० ले हराएको थियो।