आजका मुख्य समाचार,
* कुलमान घिसिङलाई प्राधिकरणबाट हटाइएकोमा चौतर्फि विरोध र प्रदर्शन / निर्णय पुनर्विचार गर्न सत्तारुढ कांग्रेससँगै विपक्षी दलको माग / सुशासन कायम गर्न हटाइएको सरकारको दाबी ।
* नवनियुक्त कार्यकारी निर्देशक शाक्यसहित विद्युत प्राधिकरणको बोर्ड बैठक मन्त्रालयमा / मन्त्रिपरिषद्को पत्र पाएलगत्तै अदालत जाने घिसिङको तयारी ।
* नेपालमा आन्तरिक बसाईं सराइको दर तीव्र / १० वर्षमा पहाडबाट ३२ र तराईबाट झण्डै ३० प्रतिशतले छाडे मुलथलो / पुख्र्यौली घरमा ज्येष्ठ नागरिक मात्रै हुने चिन्ता ।
* युक्रेन युद्ध अन्त्यबारे अमेरिकासँग साउदी अरबमा भएको वार्ताको विवरण सार्वजनिक नगर्ने रुसको भनाइ / युक्रेनी पक्षसँग अमेरिकी टोलीको पुन: वार्ता ।
* एसियन कप छनोटमा नेपाल र मलेसियाबीचको खेल जारी / मलेसियासँग भएका सात खेलमा जितविहीन नेपालको रेकर्ड तोड्ने लक्ष्य ।