आर्यना सबलेङ्का मायामी ओपनको क्वार्टरफाइनलमा प्रवेश

चैत्र १२, २०८१ |खेल ब्युरो
आर्यना सबलेङ्का मायामी ओपनको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । आर्यना सबलेङ्का मायामी ओपनको महिलातर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। उनले गएराति भएको खेलमा अमेरिकी खेलाडी ड्यानियल कोलिन्सलाई सोझो सेटमा हराएर अन्तिम ८ मा प्रवेश गरेकी हुन्।

खेलको सुरुआतबाटै निकै आक्रामक बनेकी सबालेङ्काले पहिले सेटमा ६-४ को जित दर्ता गरिन्। दबाब रहित जित निकाल्ने क्रममा उनले दोस्रो सेटमा अमेरिकी खेलाडीलाइृ ६-४ ले नै पराजित गरेकी हुन्। उनले नौ मध्ये तीन ब्रेक पोइन्ट बचाएकी थिइन्। सवालेङ्काले अब क्वार्टरफाइनलमा चीनकी क्विन चेङको सामना गर्नेछिन्।

यसैगरी बि्रटिस खेलाडी इम्मा राडुकानू पनि मायामी ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। उनले अमेरिकी खेलाडी अमान्डा अनिसामोभालाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।

पहिलो सेटमा ६-१ को फराकिले जित दर्ता गरेकी राडुकानूले दोस्रो सेटमा पनि ६-३ को सहज जित हाासिल गरेकी थिइन्। अब उनले क्वार्टरफाइनलमा जेसिका पग्वेलाको सामना गर्नेछिन्। पग्वेलाले युक्रेनी खेलाडी मार्तालाई हराएर क्वार्टरफाइनलमा स्थान बनाइकी हुन्।

यसैगरी आज विहान भएको खेलमा अमेरिकी स्टार कोको गफ पराजित भएकी छन्। उनलाई पोल्यान्डकी मेगदा लिनेतेले हराएकी छन्। पहिलो सेटमा गफले ४ अंक बनाउादै लिनेतेले ६ अंक बनाएर जित हाासिल गरेकी थिइन्। दोस्रो सत्रमा पनि उनले ६-४ को जितसागै गफलाई क्वार्टरफाइनल पुग्नबाट रोकेकी हुन्।