सावित्राको दुई गोलका बाबजुद उनको टोली अन अभान्ट गुइङ्गम्प पिएसजीसँग पराजित

चैत्र ९, २०८१ |खेल ब्युरो
सावित्राको दुई गोलका बाबजुद उनको टोली अन अभान्ट गुइङ्गम्प पिएसजीसँग पराजित

काठमाडौं । फ्रान्सको महिला फुटबल लिग-डि वान अक्रेमा अन्तर्गत गएराति भएको खेलमा नेपाली फरवार्ड सावित्रा भण्डारीले पेरिस सेन्ट जर्मेन पिएसजीको महिला टिमविरुद्ध दुई गोल गरेकी छन। 

सावित्राको दुई गोलका बाबजुद उनको टोली अन अभान्ट गुइङ्गम्प पिएसजीसँग ६-२ ले पराजित भएको छ।

खेलको २२ औं मिनेटमा पीएसजीको लागि ग्रेस गेयोरोले गोल गरेकी थिइन्। ५२ औं र ५६ ओं मिनेटमा पीएसजीले लगातार दुई गोल थप्यो। 

त्यसपछि सावित्राले खेलको ५८औं मिनेटमा र ८८औं मिनेटमा दुई गोल गरे पनि उनको टिमविरुद्ध मारभेली, कोरबिन अबलेर्ट, महरी अन्टनेटले १-१ गोल थपे ।

खेलमा एक गोल आत्मघाति भएको थियो। गएरातिको जितपछि पीएसजी दोस्रो स्थानमा कायमै छ भने पराजित गुइंगम्प पुछारमा छ। उसले १८ खेल सकिँदा तीन अंक मात्रै जोडेको छ। १७ खेलमा हार ब्यहोरेको छ भने एक जित हात पारेको छ।