युएफा नेसन्स लिग : क्रोएसियाले फ्रान्सलाई हरायो

चैत्र ८, २०८१ |खेल ब्युरो
युएफा नेसन्स लिग : क्रोएसियाले फ्रान्सलाई हरायो

काठमाडौं । युएफा नेसन्स लिगकै अर्को खेलमा क्रोएसियाले फ्रान्सलाई २-० ले हराएको छ। क्रोएसियाको पोलिजुड रंगशालामा भएको खेलमा फ्रान्सले अधिकतम समय बलमा नियन्त्रण बनाएको भएपनि क्रोएसिया विजयी भएको हो।

खेलको १४औं मिनेटमा बक्स भित्रबाट केलियन एम्बाप्पेले गेरेको प्रहार गोलकिपर डोमिनिक लिभाकोविचले बचाएका थिए। २२औं मिनेटमा उनको देस्रो प्रहार गोलकिपरले पोस्ट बाहिर पठाइदिएका थिए। यता, २६औं मिनेटमा नै एन्टे बडिमिरले गोल गरेर क्रोएसियालाई अग्रता दिलाएका थिए।

उनले, इभान पेरिसिचको पासमा गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयमा शक्तिशाली प्रहारमार्फत् इभानले आफैं अर्को गोल थपे। यससँगै पहिलो हाफमा फ्रान्स २-० गोलले पछि परेको थियो। केलियन एम्बाप्पेको टोलीले १६ पटक विपक्षीको पोस्टतर्फ अक्रमणको प्रयास गरेको भए पनि फ्रान्स गोलमा असफल नै रहृयो।

यसैगरी गएराति नै भएको अर्को खेलमा भने इटाली घरेलु मैदानमा जर्मनीसँग २-१ ले पराजित भएको छ। सान सिरो रंगशालामा इटालीका सान्ड्रो टोनिलले अग्रता बनाएपनि सो अग्रता जोगाउन नसक्दा घरेलू समर्थकमाँझ इटाली पराजित भयो। 

पहिलो हाफमा एक गोलले पछि परेको जर्मनकीको लागि ४९औं मिनेटमा टिम क्लेइनसिडेन्टले बराबरी गोल फर्काएका थिए। त्यसैगरी खेलको ७६औं मिनेटमा लियोन गोरेट्जाले जर्मनीलाई कमब्याक गराएका थिए।