राजसंस्था समर्थकले सुरक्षा घेरा तोडेपछि अश्रुग्यास प्रहार

चैत्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजसंस्था समर्थकले सुरक्षा घेरा तोडेपछि अश्रुग्यास प्रहार

काठमाडौं । राजसंस्था समर्थकले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ । प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा पनि प्रहार गरेका थिए । प्रहरीले प्रतिकारस्वरूप अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।

अहिले प्रदर्शनकारी तितरबितर भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.