काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयमा प्रधानमन्त्री र विपक्षी दलको अडानले आज प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक १७ गतेसम्मका लागि स्थगित गरिएको छ ।
बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेन । ११ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक अनिश्चित बनेपछि भएको छलफलमा विपक्षी दलले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका थिए ।