काठमाडौं । युएफा नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा नेदरल्यान्ड्सले स्पेनसँग २-२ को बराबरी खेलेको छ। गएरातिकै अर्को खेलमा भने पोर्चुगललाई डेनमार्कले १-० गोलले हराएको छ।
नेदरल्यान्ड्समा आयोजना भएको क्वार्टरफाइनलअन्तर्गत पहिलो लगको खेलमा दुबै टिमले बराबरी खेलेका हुन्। कि-कुप रंगशालामा स्पेनका निको विलियम्सले पाहुँना टोलीलाई खेलको नवौं मिनेटमा नै अग्रता दिलाएका थिए।
उनले पेड्रीको पासमा गोल गरेका हुन्। त्यसैगरी खेलको २८औं मनेटमा नै कोडी गाक्पोले गोल गरेसँगै खेल १-१ गोलको बराबरीको अस्थामा पुगेको थियो। उनको गोल जस्टिन कुलइभर्टको गोलमा सम्भव भएको हो।
यससँगै पहिलो हाफको खेल बराबरीमा सकिएको थियो। दास्रो हाफमा बलियो रणनीतिसाथ मैदान फर्किएको घरेलु टोलीको लागि मिडफिल्डर टियानी रेन्डर्सले पहिलो मिनेटमै गोल गरे।
खेलको ८५औं मिनेटमा निको विलियम्सको अर्को शक्तिशाली प्रहार गोलकिपरले बचाएका थिए भने भर्जिल भान डाइकको अटेम्प्ट पनि गोलकिपरले नै गोलमा परिणत हुन दिएनन्।
तर एक गोललेपछि परेको स्पेनले भने स्टपेज समयमा गोल गर्न सक्यो। माइकल मेरिनोले गोल गर्दै खेललाई २-२ को बराबरीमा समाप्त गरे। यता खेलको ८१औं मिनेटमा नै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो। डिफेन्डर जोरेल हातोलाई रेफ्रीले सीधै रातो कार्ड देखाएका थिए।
यससँगै अब सेमिफाइनलमा पुग्ने टिमको टुंगो स्पेनमा हुने खेलबाट लाग्ने भएको छ। अब दोस्रो लेगको खेल मार्च २४ तारिखमा हुनेछ।
यता, रास्मस होलुन्डले गोल गरेपछि डेनमार्कले बलियो प्रतिद्वन्दी पोर्चुगललाई हराएको छ। पहिलो लेगको खेलमा बल पोसेसनमा पछि परेको भए पनि दोस्रो हाफमा एक गोल गरेर डेनमार्कले जित दर्ता गरेको हो।
अब पोर्चुगलमा हुने दोस्रो लेगको खेलबाटै सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।