काठमाडौं । मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै नमोबुद्व फुटबल क्लब सप्तरी, पाँचथरको फिदिममा सम्पन्न पाँचौं पाँचथर गोल्डकप गोल्डकपको विजेता बनेको छ । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा आज भएको फाइनलमा नमोबुद्वले मच्छिन्द्र फुटबल क्लबविरुद्ध १-० गोलअन्तरको जित हात पारेको हो ।
सप्तरीको जितमा विदेशी खेलाडी एलेक्सले ७२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै सप्तरीले ११ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले ५ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
सप्तरीका निर्मल छिरिङ म्यान अफ दि फाइनल घोषित भए । सप्तरीकै दीपेश चाम्लिङ म्यान अफ दि टुर्नामेन्ट घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।