काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक कमिटी-आईओसीका अध्यक्ष थोमस बाख अर्को साता संगठनको जिम्मेवारीबाट मुक्त हुने भएका छन् ।
ओलम्पिक फेन्सिङ च्याम्पियन, बाखले १२ वर्ष आईओसीको नेतृत्व सम्हाले । उनले यसै वर्ष आधिकारिकरुपमा पदबाट राजीनामा दिएका हुन् ।
ग्रिसमा आगामी मार्च २० तारिखमा आईओसीको नेतृत्वका लागि निर्वाचन हुँदैछ । जुन २३ मा औपचारिक रुपमा बाखले, नयाँ अध्यक्षलाई जिम्मेजारी प्रदान गर्नेछन् । ७१ वर्षका बाख, १९९१ मा आईओससीमा आवद्ध भएका थिए । अध्यक्ष पदका लागि सात जना उम्मेदवार चुनावी दौडमा छन् ।
विश्व एथलेटिक्स अध्यक्ष सेबास्टियन कोए, पौडी च्याम्पियन तथा जिम्बाब्वेको खेलकुदमन्त्री क्रिस्टि कभेन्ट्री र स्पेनका हुवान एन्टोनियो सामारान्च प्रतिस्पर्धामा छन् । हुवान आईओसीको पूर्व दिवंगत अध्यक्षका छोरा पनि हुन् ।
यस्तै अन्तराष्ट्रिय साइक्लिङ अध्यक्ष डेभिड लापारटिएन्ट, जोर्डनका राजकुमार फैजल अल हुसेन, अन्तराष्ट्रिय जिम्न्यास्टिक संघका अध्यक्ष मोरिनारी वाटानाबी र ओलम्पिकका नयाँ सदस्य खर्बपति जोहान इलासले उम्मेदवारी दिएका छन् । जोहान अन्तर्राष्ट्रिय स्किी संघका अध्यक्ष पनि हुन् ।