अल इङल्यान्ड ओपन ब्याडमिन्टन च्याम्पियनसिपमा चीनियाँ खेलाडीको वर्चश्व

चैत्र २, २०८१ |खेल ब्युरो
अल इङल्यान्ड ओपन ब्याडमिन्टन च्याम्पियनसिपमा चीनियाँ खेलाडीको वर्चश्व

काठमाडौं । अल इङल्यान्ड ओपन ब्याडमिन्टन च्याम्पियनसिपमा चीनियाँ खेलाडीले वर्चश्व जमाएका छन् । बर्मिङगममा जारी प्रतियोगितामा चीनका खेलाडीले आफ्नो उच्च प्रदर्शनलाई जारी राखेका हुन् ।

पुरुष एकलतर्फको प्रतिस्पर्धामा चीनका लु सेङसुले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । क्वार्टरफाइनलमा उनले भारतका लक्ष्य सेनलाई सोझो सेटमा हराए । उनले पहिलो सेट २१-१० ले पराजित गरे । दोस्रो सेटमा पनि लक्ष्यले पुनरागमन गर्न सकेनन् । 

यो सेट लु ले २१- १६ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरे । अब उनले फाइनल प्रवेशका लागि विश्व नम्बर एक आफ्नै देशका सिक युकीसँग प्रतिस्पर्धा गर्नेछन् । उनले अन्तिम आठमा सिंगापुरका लोह किन यिउलाई साझो सेटमा नै हराए । 

युकीले २१-१८, २१-१६ को सहज जित निकालेका हुन् । महिला एकलमा एकानी यामागुचीले टोमोका मियाजाकीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन् । जापनिज खेलाडीको यो केवल तेस्रो भेट हो ।

सन २०२५ मा आफ्नो पहिलो प्रतियोगिता खेलिरहेकी यामागुची र मियाजाकी बीचको पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो । तर यामागुचीले २६-२४ ले बाजी मारिन् । दोस्रो सेट उनले २१ -१६ ले जितेकी थिइन् । 

मिक्स डबल्स तर्फ चीनका जियाङ झेङ बाङ र हुवाङ डोङ पिङको जोडीले मलेसियाका गोह सुन हुवात र लाइ सेभोन जिम्मीको जोडीलाई २१-८, २१-१० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाए ।



Enter Kantipur TV HD
Advertisement