आजका मुख्य समाचार,
* महत्वपूर्ण कानुन नबनाउँदै संसद्को अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी / प्रि-बजेट छलफलसमेत नहुने / पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्राथमिकतामा ।
* सुधार गृहमा रहेकाहरुबीच झडप हुँदा बाँकेको जयन्दु बाल सुधार गृह दिनभर तनावग्रस्त / आगजनी र लुटपाटले स्थानीयमा त्रास / ३ प्रहरीसहित ४५ जना घाइते ।
* विरोध प्रदर्शन र धर्नाले काठमाडौंको माइतीघर क्षेत्र हरेक दिन अस्तव्यस्त / ११ महिनाभित्रै १ हजार ८६ प्रदर्शन / व्यवस्थित स्थान तोक्न सरकारकै आलटाल ।
* युक्रेनको सुरक्षा सुनिश्चितताका लागि अमेरिकालाई अस्ट्रेलिया, क्यानडासहित युरोपेली मुलुकको दबाब / पुटिन ढिलो-चाँडो वार्ताको टेबलमा आउनुपर्ने बेलायती प्रधानमन्त्री स्टार्मरको भनाइ ।
* चर्च बोइज यूनाइटेडले जित्यो पाँचौं मेचीनगर गोल्डकपको उपाधि / काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर १ शून्यले पराजित / नमोबुद्ध बन्यो पाँचथर गोल्डकपको च्याम्पियन ।