रामेछापको सामुदायिक वनमा लागेको भिषण डढेलो अझै नियन्त्रण बाहिर

८० हेक्टर क्षेत्रमा डढेलो लागिसकेको स्थानीयको अनुमान
चैत्र २, २०८१ |नवराज श्रेष्ठ
रामेछापको सामुदायिक वनमा लागेको भिषण डढेलो अझै नियन्त्रण बाहिर

रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका-३ टोकरपुरमा शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। स्थानीय लालिगुरास, छहारेछापपाखा, बुढापानी सामुदायिक वन डढेलो अझै फैलिएको छ ।

डढेलो नियन्त्रणका लागि दोरम्बा शैलुङ गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरीलगायत स्थानीय परिचालित भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीय सिंहराज योन्जनले जानकारी दिनुभयो।

उहाँकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि लागेको डढेलो नियन्त्रण आउन सकेको छैन ।

अहिलेसम्म तीन वटा सामुदायिक वनको ८० हेक्टर क्षेत्रमा डढेलो लागिसकेको स्थानीयको अनुमान छ । 


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement