वुमन्स डे कप : नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

चैत्र १, २०८१ |खेल ब्युरो
वुमन्स डे कप : नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौै । नेपालले वुमन्स डे कपको आफ्नो अन्तिम खेलमा आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । इन्दु बर्माको टिम लगातार तीन हारपछि आज जित हात पार्ने लक्ष्यमा छ ।

युगान्डाको एन्टेब्बे मैदानमा हुने खेल नेपाली समय अनुसार पौने एक बजे सुरु हुनेछ । नेपाल पाँच खेलबाट दुई अंक जोड्दै तालिकाको पुछारमा छ । नेपालले पहिलो चरणको खेलमा युगान्डालाई हराएको भए पनि दोस्रो चरणको खेलमा भने युगान्डासँग हिजो ४० रनले पराजित भएको थियो।

नेपाल नामिबियासागको दुवै खेलमा पराजित भइसकेको छ भने हङकङ र युगान्डासँग एक एक हार ब्यहोरेको छ। पाँच खेलमा नेपालले चार हार ब्यहोरेको छ भने एक जित मातै आत्मसाथ गरेको छ। पहिलो खेलमा नामिबियासंग पराजित नेपालले दोस्रो खेलमा युगान्डालाई हराएको थियो। तेस्रो खेलमा हाकङसाग पराजित भयो।

दास्रो चरणमा भने नामिबिया र युगान्डासँग पाराजित भइसक्दा आज हङकङसँग खेल्न लागेको हो। अघिल्लो खेलमा नेपाल हङकङसँग मात्रै दुई रनले पराजित भएको थियो। डेथ ओभरमा सम्हालिएर प्रदर्शन गर्न नसक्दा नेपाल पराजित भएको थियो। त्यसैले आज हङकङसँग सम्हालिएर खेल्न सके नेपालले सान्त्वना जित निकाल्न सक्नेछ। नेपालको तेस्रो हुने सम्भावना पनि समाप्त भइसकेको छ।

अहिलेसम्म नामिबिया, युगान्डा र हङकङको समान ६-६ अंक छ। रन रेटमा पछि रहेको हङकङलाई फाइनलमा पुग्न आज जित निकाल्न अत्यावश्यक छ। त्यसैले ऊ पनि नेपाललाई हराएर फाइनलमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछ। जारी सिरिजमा नेपाली टोलीको ब्याटिङसमेत कमजोर देखिएको छ।

हिजोको खेलमा नेपाल ५१ रनमा नै अलआउट भएको थियो। नेपालले पाँच खेलमध्ये एक खेलमा मात्रै एक सय रन बनाउन सकेको छ। बाँकी चार खेलमा एक सयभन्दा कम स्कोरमा नै समेटिएको छ। बलिङतर्फ भने नेपालले राम्रो प्रदर्शन गरिरहेको छ।



Enter Kantipur TV HD
Advertisement