काठमाडौै । चेल्सी युरोपा कन्फरेन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा कोपनहेगन क्लबलाई समग्रमा ३-१ ले हराएर चेल्सीले अन्तिम ८ मा स्थान पक्का गरेको हो।
गत हप्ता कोपनहेगनमा भएको पहिलो लेगको खेलमा चेल्सी २-१ ले विजयी भएको थियो। त्यसपछि गएराति घरेलु मैदान स्टमर्फड ब्रिजमा भएको खेलमा चेल्सीले १-० को जित हाासिल गरेको हो।
चेल्सीलाई जित दिलाउन गएराति डसबेरी-हलले निर्णायक गोल गरेका थिए। स्ट्याम्फोर्ड ब्रिजमा पाहुँना टोली कोपेनहेगनले उच्च ऊर्जा र आक्रामक खेल देखाएको थियो । तर निर्णायक अट्याकिङ थर्डमा गुणस्तर र निर्णय क्षमताको कमीले घरेलु टोलीलाई खासै दबाब दिन सकेन।
यो हप्तको सुरुवातमा बिरामी भएपछि अभ्यास छुटाएका कोल पामर पहिलो हाफमा बेन्चमा थिए। तर, दोस्रो हाफमा मैदानमा उत्रेपछि उनले एन्जो मारेस्काको टोलीको प्रदर्शनमा उल्लेखनीय सुधार ल्याउन योगदान दिएका थिए।
उनले यो खेलमा गोल खडेरी तोड्न प्रयास गरे पनि उनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो। अब चेल्सीले क्वार्टरफाइनलमा पोल्यान्डको लेगिया वासजावाको सामना गर्नेछ।