साउदी प्रो लिग : अल रियादमाथि अल इत्तिहादको जित

चैत्र १, २०८१ |खेल ब्युरो
साउदी प्रो लिग : अल रियादमाथि अल इत्तिहादको जित

काठमाडौै । साउदी प्रो लिगको शीर्ष स्थानमा रहेको अल इत्तिहादले रोमाञ्चक जित हात पार्दै अंकतालिकामा सात अङ्कको अग्रता बनाएको छ। गएराति भएको खेलमा अल रियादमाथि २-१ को जित निकालेसँगै उसले अग्रता बढाएको हो।

साउदी अरबको राजधानी जेद्दाहमा बिहीबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बनेको थियो।

दोस्रो हाफको ५५औं मिनेटमा मुसा डियाबीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, खेल समाप्त हुन नौ मिनेट बाँकी रहँदा इब्राहिम बायेशले बक्स बाहिरबाट उत्कृष्ट स्ट्राइकमार्फत बराबरी गोल फर्काएका थिए। यससँगै खेल एक एक गोलको बारबरीमा पुगेको थियो।

खेल बराबरीमा टुंगिने संकेत गरिरहेको बेला इन्जुरी समयको अन्तिमतिर अल इत्तिहादले ह्यान्डबलका कारण पेनाल्टी पायो। पेनाल्टीको अवसरलाई सालेह अल शेहरीले सहजै गोलमा परिणत गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका हुन्।

जितसँगै अल इत्तिहादले २५ खेलपछि ६१ अङ्क जोडेको छ र एक खेल कम खेलेको डिफेन्डिङ च्याम्पियन अल हिलाल ५४ अंकका साथ दोस्रो स्थानमा छ। गएराति नै भएको अर्को खेलमा भने अल फतेहले अल रुइदलाई २-१ ले नै हराएको छ।



Enter Kantipur TV HD
Advertisement