पिएसभीमाथि आर्सनलको फराकिलो जित

फाल्गुन २९, २०८१ |खेल ब्युरो
पिएसभीमाथि आर्सनलको फराकिलो जित

काठमाडौं । आर्सनलले, च्याम्पियन्स लिगको क्वार्टरफाइनल यात्रा तय गर्ने क्रममा पिएसभीमाथि समग्रमा ९-३ गोलको फराकिलो जित हात पारेको छ ।

नेदरलयान्ड्समा अघिल्लो साता भएको अन्तिम १६ को पहिलो लेगमा पिएसभीलाई ७-१ गोलले पराजित गरेपछि आर्सनलका लागि औपचारिकता मात्र बाँकी थियो ।

गएराति इमिरेट्स स्टेडियममा भएको दोस्रो लेग भने २-२ गोलको बराबरीमा सकिएको थियो । छैटौं मिनेटमा अलेक्जान्दर जेन्चेन्कोले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।

१८औं मिनेटमा पिएसभीका इभान पेरिसिचले बराबरी गोल फर्काए । ३७ औं मिनेटमा डेक्लान राइसले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-१ ले अघि रहेको थियो । ७० औं मिनेटमा कुहे द्रिउबाखले गोल गर्दै दोस्रो लेग २-२को बराबरीमा टुंग्याए । 

यस्तै, बोरुसिया डर्टमन्डले लिललाई समग्रमा ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ । डर्टमन्ड २-१ गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको हो । पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा लिलले सुरुवाती अग्रता बनायो । 

घरेलु टिमका लागि पाँचौ मिनेटमा जोनाथन डेभिडले गोल गरेका थिए । तर पहिलो हाफमा नै डर्टमन्ट गोलनजिक पुगेको थियो । तर ५४ औं मिनेटमा इम्रे चानले पेनाल्टीमा गोल गरे ।

६५औं मिनेटमा म्याक्सिमिलियनले विजयी गोल गरे । डर्टमन्डले सेमीफाइनल प्रवेशका लागि अब स्पेनिस जायन्ट बार्सीलोनासँग प्रतिस्पर्धा गर्नेछ ।



Enter Kantipur TV HD
Advertisement