एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

फाल्गुन २९, २०८१ |खेल ब्युरो
एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता रियाल मड्रिड शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टीबाट नतिजा आएको हो । रियालले पहिलो लेगमा २-१को अग्रता लिएको थियो ।

गएराति भएको दोस्रो लेगमा घरेलु टिम एट्लेटिकोले पुनरागमन गर्यो । खेल सुरु भएको २७ सेकेन्डमा नै एट्लेटिकोका कोना गालेगाले बराबरी गोल फर्काएका हुन् । त्यसपछि गोल हुन सकेन् । थप गरिएको ३० मिनेटमा पनि दुवै टिम गोल गर्न असफल रहे । पेनाल्टी सुटआउट भने नाटकीय बन्यो ।

सुरुवाती तीन पेनाल्टी गोलमा परिणत भए । एट्लेटिकोका युलियन अल्भारेज पेनाल्टी प्रहारमा गए । तर उनी प्रहार गर्ने क्रममा चिप्लिए । पेनाल्टी गोलमा परिणत पनि भयो । तर भिडियो एसिस्टेन्ट रेफ्रिको परिक्षण पछि डबल टच भएको भन्दै अल्भारेजको पेनाल्टीले मान्यता पाएन ।

रियालका लुकास भास्केजको पेनाल्टी एट्लेटिको गोलकिपर यान ओब्लाकले बचाएका थिए । तर एट्लेटिकोका मार्कस लोरिएन्टको प्रहार बाहिरियो । रियालका लागि एन्टोनियो रोडिगले विजयी पेनाल्टी प्रहार गरेका थिए । रियालले सन १९९७ मा आयाक्स संग पराजित भएयता च्याम्पियन्स लिग नक आउट चरणमा घरेलु मैदानमा हार बेहोरेको छैन ।

रियालले एट्लेटिकोलाई २०१४ र २०१६ को फाइनलमा पनि हराएको थियो । एट्लेटिको विरुद्ध रियालले पेनाल्टी सुटआउटमा शत प्रतिशत नतिजा निकोलेको हो । अब रियालको भेट प्रिमियर लिग क्लब आर्सनलसँग हुनेछ ।



Enter Kantipur TV HD
Advertisement