वुमन्स डे कप : नेपालले घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दै

फाल्गुन २९, २०८१ |खेल ब्युरो
वुमन्स डे कप : नेपालले घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । वुमन्स डे कपमा नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालबाट आज सुधारको अपेक्षा गरिएको छ ।

एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने पाँच बजे सुरु हुनेछ । नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ ।

र, त्यो जित युगान्डासंग नै थियो । लिगको पहिलो चरणमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो । सो खेलमा ७६ रनको लक्ष्य पछ्याएको नेपालले एक बल बाँकी रहँदा नौ विकेट गुमाएर जित हात पारेको थियो ।

दुई अंक जोडेको नेपाल तालिकाको पुच्छारमा छ । तेस्रो स्थानमा रहेको युगान्डाको चार र दोस्रो स्थानको नामिबियाको पनि समान चार अंकनै छ । 

हङकङ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाल हिजो भएको खेलमा नामिबियासंग २३ रनले पराजित भएको थियो । युगान्डाले हकङलाई चार विकेटले नतिजा सुम्पियो । शीर्ष दुईमा रहने टिमले उपाधिका लागि खेल्नेछन् ।



Enter Kantipur TV HD
Advertisement