नेपाल विरुद्ध म्यानमार : पहिलो हाफ बराबरीमा

फाल्गुन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल विरुद्ध म्यानमार : पहिलो हाफ बराबरीमा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा भइरहेको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेका दुवै टोली आज लिगको अन्तिम खेल खेलिरहेका छन् ।

खेलको पहिलो हाफ सकिँदा नेपाल र म्यानमार दुवै टोलीले २-२ गोल गरेका छन् ।

म्यानमारका लागि खेलको छैटौं मिनेटमा म्याट नोइ खिनले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर खेलको ११ औं मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै स्कोर बराबरी पारिन् । पुनः १७ औं मिनेटमा म्यानमारकी मे तेत लुले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याइन् । त्यसपछि खेलको पहिलो हाफको उत्तरार्धतिर ४१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेललाई २-२ को स्थितिमा पुर्‍याइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement