काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपमा नेपालले आज लेबनानको सामना गर्दैछ । दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल र लेबनानको खेल साँझ ६ बजे हुनेछ ।
पहिलो खेलमा कीर्गिस्तानविरुद्ध १-० को साँघुरो जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लय कायम राख्न चाहन्छ। पहिलो खेलमा नेपालले फिनिसिङमा धेरै गल्ती गरेपछि साँघुरो जितमा चित्त बुझाउनु परेको थियो।
अघिल्लो खेलमा नेपाली विंगरले निकै आकर्षक क्रस गरे पनि स्ट्राइकरले धेरै बल बाहिर प्रहार गर्न पुगेका थिए । खासगरी फिनिसिङ टचमा सुधार गर्न सके नेपाललाई जित निकाल्न सहज हुनेछ । पहिलो दिनको खेलपछि प्रशिक्षक राजेन्द्र तामाङले आज टिमले सुधारिएको खेल प्रस्तुत गर्ने बताएका थिए । साथै खेलाडीले रणनीति बुझ्न नसक्दा पनि धेरै गोल नभएको बताएका थिए ।
लेबनानको पहिलो खेलबाट उसको क्षमता र कमजोरी देखिएको छ । र, नेपाली टिमको तीन दिनको ग्यापमा प्रशिक्षक तामाङलाई रणनीति निखार्ने असर पनि भएको छ । यता लेबनानले भने अघिल्लो खेलमा म्यानमारसँग ३-१ को हार ब्यहोरेको थियो ।
आजको खेलमा पनि पराजित भए लेबनानको फाइनल पुग्ने सम्भावना समाप्त हुने भएकोले उसलाई जितको दबाब रहेको छ । लेबनानसँगको खेलमा लयला स्कन्दरले गरेको काउन्टर गोल निकै उत्कृष्ट थियो। हारका बाबजुद उसले बलियो म्यानमारविरुद्ध डिफेन्स र अफेन्समा राम्रो प्रदर्शन गरेको थियो।
लेबनानको टिममा पनि फिनिसिङको केही समस्या छ। उक्त खेलमा म्यानमारले बल पोसेसन बनाएपछि लेबनानको स्ट्राइकरको त्यति परीक्षा भएको छैन्। लेबनानको डिफेन्सले भने निकै राम्रो काम गरेको थियो। उसले डिफेन्सले उस्तै गरी काम गर्न सकेको खण्डमा नेपाललाई स्कोर गर्न सहज हुने छैन ।
कीर्गिस्तानसँगको खेलको इन्ज्युरी समयमा निधारमा चोट लागेपछि डिफेन्डर निशा थोकरलाई आराम दिनुपर्ने भएको छ। यसकारण डिफेन्समा नयाँ खेलाडीलाई अवसर हुनेछ। आज दिउँसो २ बजे हुने खेलमा म्यानमारले कीर्गिस्तानसँग खेल्ने तालिका छ।