च्याम्पियन्स ट्रफी : बंग्लादेश विरुद्ध भारत विजयी

फाल्गुन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स ट्रफी : बंग्लादेश विरुद्ध भारत विजयी

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज भएको खेलमा भारतले बंग्लादेशलाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बंग्लादेशले ४९ ओभर ४ बलमा आफ्नो सबै विकेट गुमाउँदै २२८ रन बनाएको थियो । २२९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भारतीय टोलीले २१ बल बाँकी छँदै ४६ ओभर ३ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतका लागि शुभमन गिलले १०१ रनको शतकीय पारी खेले । कप्तान रोहित शर्मा र विकेटकिपर केएल राहुलले समान ४१, विराट कोहलीले २२, श्रेयस ऐयरले १५ रन बनाए ।

बंग्लादेशका लागि बलिङतर्फ रिसद होसेनले २ तथा मुस्तफिजुर रहमान र टस्किन अहमदले समान १-१ विकेट लिए ।

यता ब्याटिङतर्फ बंग्लादेशका तोहिद हृदोयले १०० रनको शतकीय पारी खेले । जकर अलीले ६८ रन बनाउँदा तन्जिद हसनले २५ र रिसद होसेनले १८ रन बनाए । अन्य कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् भने चार खेलाडी डक आउट भए ।

बलिङतर्फ भारतका मोहम्मद शामीले ५ विकेट लिँदा हर्सित रानाले ३ विकेट लिए । अक्षर पटेलले २ विकेट लिए ।

जितसँगै भारत समूह ‘ए’ को दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानमा न्युजिल्यान्ड छ । बंग्लादेश तेस्रो स्थानमा हुँदा आयोजक राष्ट्र पाकिस्तान चौथो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement