काठमाडौं । नेपाल सहित विश्वका विभिन्न मुलुकमा बसोवास गर्दै आएका १० नेपाली धावकहरू आगामी महिना जापानमा आयोजना हुने टोकियो म्याराथन २०२५ मा सहभागी हुने भएका छन् । नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीहरू टोकियो म्याराथनमा सहभागी हुने भएका हुन् ।
नेपालबाट जुम्ला रारा हाइअल्टिच्युड अल्ट्रा लगायतमा सहभागिता जनाइसकेका धावक शम्भु दाहाल सहित मकाउका विरु राई अमेरिकाकाबाट सन्तोष कर्माचार्य, युवराज खनाल र जित बुढा मगरले सहभागिता जनाउँदै छन् ।
यसैगरी सबैभन्दा धेरै बेलायतबाट विश्वका विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका ५ जना नेपाली धावकहरू आत्मराम दाहाल, अनु सिग्देल, प्रतीक गौचन, नारायण पन्त, सागर गुरुङ सहित नेपाली समुदायसँग नजिक रहेर सहभागी हुने २ जना भारतीयहरू ऋषि अत्री र कुष्ण अत्रीले समेत सहभागिता जनाउने छन् ।
पहिलो पटक ठूलो संख्यामा नेपालीहरूले टोकियोमा सहभागिता जनाउन लागेका हुन् । आगामी मार्च २ मा आइतबार बिहान टोकियो सिन्जुकु शहरबाट म्याराथनमा सुरू हुनेछ । १० किलोमिटर छोटो र ४२ किलोमिटर लामो दूरीको प्रतिस्पर्धा टोकियो स्टेशनमा सकिने छ । सबै नेपाली खेलाडीहरू ४२ किलोमिटर लामो दूरीको दौडमा भाग लिने छन् ।