नेपाल फाइनलमा, लेबनान एक-शून्यले पराजित

फाल्गुन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल फाइनलमा, लेबनान एक-शून्यले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । लेबनानलाई १-० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

जितसँगै नेपाल चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । फाइनलमा नेपालले म्यानमारको सामना गर्नेछ । ‍नेपालका लागि सावित्रा भण्डारी (साम्भा) ले खेलको ४२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तान विरुद्ध पनि १-० कै साँघुरो जित निकालेको थियो । पहिलो खेलमा नेपालले फिनिसिङमा धेरै गल्ती गरेपछि साँघुरो जितमा चित्त बुझाउनु परेको थियो ।

अब नेपालले आइतबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलले लिगको शीर्ष दुईमा रहने टिमको टुंगो लाग्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement