रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

फाल्गुन ८, २०८१ |खेल ब्युरो
रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

काठमाडौं । रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति घरेलु मैदानमा सम्पन्न भएको खेलमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै प्रि क्वार्टरफाइनलमा पुगेको हो।

रियललाई जित दिलाउन केलियन एम्बाप्पेले हृयाट्रिक गरे । उनले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेका थिए। चौथो मिनेटमा नै गोल गरेर एम्बाप्पले रियललाई अग्रता दिलाए। राउल एसेन्सियोले डिफेन्डर पछाडिबाट दिएको अग्लो पास डियाजले भेट्न सकेनन् ।

बाउन्स बललाई एम्बाप्पेले पोस्टको दिशा दिलएका हुन् । २१ औं मिनेटमा रियल फेरी गोलको नजिक पुगेको थियो। रोड्रिगोको कर्नबर बलमा भालर्डेले पोस्ट बाहिरबाट सानदार फिनिसको प्रयास गरे पनि गोल पोस्टबाहिर गएको थियो। तर रोड्रिगोको पासमा एम्बाप्पेले नै ३३ औँ मिनेटमा सनसनीपूर्ण गोल गरे। यससँगै पहिलो हाफमा दुई गोलको अग्रता बनाउने रियलका सामर्थक घरेलु मैदानमा उत्साही बनेका थिए ।

खेलको ६१औं मिनेटमा एम्बाप्पेले भालभर्डेको पासमा गोल गरेपछि खेलमा रियलले तीन शून्यको अग्रता बनाएको थियो। यससँगै उनले हृयाट्रिक पूरा गरेका हुन्। सिटीले केही राम्रा अवसर बनाएको भए पनि गोल गर्न इन्ज्युरी समय पर्खिनु परेको थियो।

निको गोन्जालेजले ९० मिनेटपछि सिटीको डेडलक तोडे तर सिटीलाई च्याम्पियन्स लिगमा कायम राख्न सकेनन्। अघिल्लो हप्ता सिटीको इतिहाद रंगशालामा भएको खेलमा सिटी ३-२ ले पराजित भएको थियो। दुई लेगमा भएको प्ले अफको खेलमा रियल समग्रमा ६-३ ले विजयी भएर अन्तिम १६ मा पुगेको छ।

च्याम्पियन्स लिगमा गएराति नै भएको अर्को खेलमा पिएसजीले घरेलु प्रतिद्न्दी बि्रस्टलाई ७-० ले हराएको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीका साथ खेलाडीले एक एक गोल गरेर नकआउट चरणमा पुर्याएका हुन्।



Enter Kantipur TV HD
Advertisement