काठमाडौं । बायर्न म्युनिख युएफा च्याम्पिम्यन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ । प्ले अफको दोस्रो लेगमा बायर्नले सेल्टिक सँग १-१ गोलको बराबरी खेल्यो । आल्फान्सो डेभिसले बायर्नलाई हार बाट जोगाएका हुन् ।
जर्मन क्लब बायर्नले समग्रमा सेल्टिकलाई ३-२ गोलले पराजित गरेको हो । पहिलो लेगमा बायर्नले २-१ गोलको अग्रता लिएको थियो । गएराती बायर्नको घरेलु मैदानमा भएको दोस्रो लेगको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ब्रेक अघि सेल्टिकले चार पटक गोलको मौका गुमाएको थियो । ६३ औं मिनेटमा स्कटिस क्लब सेल्टिकलेनै डेडलक तोड्यो ।
बायर्नका किम मिन जायको गल्तिको फाइदा उठाउँदै निकलस कुनले गोल गरेका थिए । घरेलु टिमले अवसर सिर्जना गर्न दोस्रो हाफ सम्मनै कुर्नु पर्यो । हेरी केनको प्रहार बारमा लागेर बाहिरियो ।
खेलले निर्धारित समयमा नतिजा नआउने संकेत गरिसकेको थियो । तर इन्जुरी समयमा डेभिसले गोल गरेपछि बायर्नले सेल्टिकलाई स्तब्ध पार्दै अन्तिम १६ को यात्रा तय गर्यो । यो खेलमा सेल्टिका गोलकिपर कास्पर स्माइकलले उत्कृष्ट प्रदर्शन गरेका थिए । बायर्न च्याम्पियन्स लिगका पछिल्ला १७ सिजनमा नक आउट पुगेको यो १६ औं पटक हो ।
युरोपको मुख्य प्रतिस्पर्धामा बायर्न स्कटिस प्रतिद्धन्दी विरुद्ध अपराजित छ। सेल्टिक भने जर्मन विपक्षी सँग खेलेका १६ अवे खेलमा जीत हात पार्न असफल भयो । बायर्नले अब बुन्डेसलिगा साइड बायर लिभरकुसेन अथवा एट्लेटिको मड्रिड मध्ये एक संग खेल्नेछ ।