कल्याणपुर नगरपालिकाका मेयर साह स्वतः निलम्बित

असार ३२, २०८२ |विनय आजाद
कल्याणपुर नगरपालिकाका मेयर साह स्वतः निलम्बित

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह स्वतः निलम्बनमा परेका छन् । घुस रकमसहित बुधबार दिउँसो पक्राउ परेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।

मुलुकी फौजदारी संहितामा सार्वजनिक पदमा भएका व्यक्ति थुनामा गए स्वतः निलम्बन हुने व्यवस्था छ । यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारजन्य कसुरमा पक्राउ परे वा मुद्दा दर्ता भएमा सार्वजनिक पदमा भएका व्यक्ति निलम्बनमा पर्छन् ।

मेयर साहलाई अख्तियार दुर"पयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार दिउँसो कार्यालयबाटै १ लाख र"पैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए ।

तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रूपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।

मुचुल्कालगायतका कानूनी प्रक्रिया भर्खरै सकेको र साहलाई बर्दिबास लैजाने तयारी गरिरहेको बर्दिबासस्थित अख्तियारका प्रमुख रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

कल्याणपुर नगरपालिकाका मेयर १ लाख घुससहित रंगेहात पक्राउ


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।