नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा आयोजित चेस प्रतियोगिताको पहिलो दिन सिएम शुश्रुत दाहालले स्थानीय बिनोद तिमल्सिना माथि जित हात पारेका छन् ।
आजै भएको खेलमा आशिष फूँयाल, तिन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, धिरेन राई, हर्कबहादुर चोङ्वाङ, सक्सेस श्रेष्ठ, सानुराज बज्राचार्यले सहज जित प्राप्त गर्दै एक एक अंक जोडेका छन् ।
प्रतियोगितामा आयोजक नुवाकोट जिल्ला संघका अध्यक्ष प्रकाश जोशी, जेनिश घिमिरे, सिएम पुरुषोत्तम चौलागाईं, बुद्धिचाल डट कम सञ्चालन सुशील चौधरी, प्रेमकृष्ण महर्जन, राजन पुरी, मुहान नरसिंह श्रेष्ठ, एक्स मार्सल, मिशन दहाल, सुरेन्द्र लामा, सुशील सुवेदीले प्रतिद्वन्द्वीलाई पराजित गरेका छन्।
महिला तर्फ नेशनल बी च्याम्पियन बिनिता कपाली, भारतका प्रकाश वैष्णवी, शान्ति धिमालले पहिलो जीत प्राप्त गरेका छन्। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ७४ जना खेलाडीको सहभागिता रहेका छ । प्रतियगिताको कुल पुरष्कार राशी २ लाख १७ हजार रहेको छ । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा तिन दिन सम्म चल्ने छ ।