लक्ष्य अनुसार स्मार्ट कार्ड वितरण गर्न नसकेको मन्त्रीद्वारा स्वीकार

फाल्गुन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लक्ष्य अनुसार स्मार्ट कार्ड वितरण गर्न नसकेको मन्त्रीद्वारा स्वीकार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्य अनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको स्वीकार गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बौल्दै मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “स्मार्ट लाइसेन्स चाहिँ हामीले ९ लाख छापेर दिने भनेका रहेछौं । तर हामीले १ लाख ६९ हजार ४३९ मात्र दिन सकेका रहेछौं । यो हाम्रो पुअर प्रगति हो ।”

मन्त्री दाहालले विपद् व्यवस्थापनको क्षेत्रमा मन्त्रालयले उल्लेख्य प्रगति गरेको भए पनि मूल्यांकन नगरिएको उहाँको गुनासो छ ।

“यसबीचमा हामीले विपद्को लागि कामहरू गरेका छौं । यसको चाहिँ मूल्यांकन नै नगर्ने त ? अहिले त भौतिक पूर्वाधार मन्त्रालयको नाम नै ७.९ भयो क्या । यस सवालमा म निराश भएका छैन । हामीले धेरै कामहरू गरेका छौं । काम गर्ने प्रयत्न गरेका छौँ”, उहाँले भन्नुभयो, “बुटवल नारायणगढ सडकखण्डमा हामीले यति धेरै प्रयत्न गर्‍यौं कि भनिसाध्य नै छैन । यस सम्बधमा हामीले चिनियाँ उच्च लिडरसिपसँग पनि हामीले यो विषयमा कुराकानी गरेका छौं । यो त देशको लाइफलाइन हो नि । त्यहाँ काम नहुने भयो । ठेक्का तोडेर बनाए पछाडि जाने भएका कराण त्यही ठेकेदारको पछि लागेर त्यो सम्पन्न गर्ने चरणमा पुगेका छौं । मुग्लिङ–पोखरा जानुभयो भने हामीलाई तपाईंले धन्यावाद दिनुहुन्छ । हामीले काम गरिराखेका छौं ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement