काठमाडौं । एनएसएल क्लब पोखरा थन्डर्सले तेस्रो संस्करणका लागि सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । क्लबका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेको नेपाल सुपर लिगले सूचनामार्फत् जानकारी दिएको हो ।
नियुक्तिपछि प्रशिक्षक श्रेष्ठले पोखरा थन्डर्ससँग जोडिन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिए । उनले क्लबलाई सफल बनाउन सम्पूर्ण मिहिनेत गर्ने प्रतिबद्धता जनाए ।
प्रशिक्षक श्रेष्ठसँग नेपालका विभिन्न ए डिभिजन क्लब सम्हालेको दशक लामो अनुभव छ । पोखरा दोस्रो संस्करणको नेपाल सुपर लिगको क्लालिफायरमा पुगेको थियो । सो सिजन क्लबले नविन न्यौपानेलाई आफ्नो टिमको मुख्य प्रशिक्षक बनाएको थियो ।