काठमाडौै । इंग्लिस क्लब टोटेनहम हट्पर र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। गएराति भएको खेलमा स्पेनको रियल सोसिडाडलाई दुई खेलमा ५-२ ले हराउँदै युनाइटेडले अन्तिम आठमा स्थान पक्का गरेको हो।
गएराति भएको दोस्रो लेगको खेलमा भने युनाइटेड, १० खेलाडीमा समेटिएको सोसिडाडविरुद्ध ४-१ ले विजयी भएको थियो।
ओल्ड ट्रार्फड रंगशालामा युनाइटेडलाई जित दिलाउने क्रममा ब्रुनो फरनान्डेसले हृयाट्रिक गरेका थिए। तर खेलको १० मिनेटमा नै रियल सोसिडाडको लागि माइकल ओयरजवालले गोल गरी पाहुँना टोलीलाई अग्रता दिलाएका थिए। सो अग्रता युनाइटेडले १६औं मिनेटमा नै भंग गर्यो।
पेनाल्टीको पाएको अवसरमा फरनान्डेसले बराबरी गोल फर्काएका थिए। पहिलो हाफमा बराबरी भएको खेलको ५० औं मिनेटमा युनाइटेडले फेरी पेनाल्टीको अवसर पयो।
सो अवसरलाई पनि फरनान्डेसले सफल पारेका थिए। त्यसपछि खेलमा अग्रता लिएको युनाइडेडका लागि फरनान्डेसले नै ८७ औं मिनेटमा गोल गरेर हृयाट्रिक पुरा गरेका थिए।
यता, अरनेस्ट नुहामले र्निधारित समयको दुई मिनेट पहिलो गोल गरेर खेललाई ४-१ मा समाप्त गरेका थिए। अन्तिम १६ अन्तर्गको यि दुई बीच भएको पहिलो लेगको खलमा भने एक एक गोलको बराबरी भएको थियो।
अब सेमिफाइनल प्रवेशका लागि युनाइटेडले फ्रान्सको लियोनाको सामना गर्नेछ। लियोनले अन्तिम १६ को खेलमा गएराति नै एफसी एसबीलाई ४-० ले हराएको थियो। पहिलो लगेको नतिजासमेत गर्दा लियोन ७-१ को फराकिलो अग्रतासाथ क्वार्टरफाइनल प्रवेश गरेको छ।