काठमाडौं । महिला टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको दोस्रो चरणको पहिलो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ४१ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले उत्कृष्ट सुरुवात गरेपछि नेपालले उच्च स्कोर बनाउनबाट भने रोक्यो ।
नेदरल्यान्ड्सलाई रोक्ने क्रममा नेपालकी सीता राना मगरले सर्वाधिक ५ विकेट लिइन् । सीताले ३ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ५ विकेट लिएकी हुन् । मनिषा उपाद्यायले २ विकेट लिइन् । नेदरल्यान्ड्सका लागि कप्तान बाब्बेटे डी लिडले सर्वाधिक ४१ रनको योगदान दिइन् ।