आठौं पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

माघ ५, २०८१ |खेल ब्युरो
आठौं पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

काठमाडौं । आठौं पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सुकुटे बिचमा आज भएको खेलमा पुलिसको टोलीले एपिएफलाई तीन सेटमा पराजित गरेको हो ।

फाइनल खेलको पहिलो सेटमा एपिएफका विआर चौधरी र रमेश विकको जोडीले २१-१८ को जित दर्ता गरेको थियो। पुलिसका सिबी कुँवर र सफल विकेको जोडीले एक शून्यले पछि परेको अवस्थाबाट कमब्याक गरेको हो। दोस्रो सेटमा पुलिसले २१-१४ को जित दर्ता गरेसँगै खेल एक-एक गोलको बराबरीको अवस्थामा पुगेको हो । अन्तिम सेटमा १५-८ को जितसहित पुलिस च्याम्पियन बनेको हो।

तेस्रो स्थानका लागि आजै भएको खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लब भिडेका थिए। सो खेलमा भने आर्मीले एपीएफलाई २-० को सेटमा हराएको हो । एपीएफका सूर्य परियार र टिकराज तामाङको जोडीले महेन्द्र र राजकुमार श्रेष्ठको जोडीलाई २१-१९ र २४-२२ को जोडीले हराएको हो । यससँगै एपीएफ तेस्रो भयो ।



Enter Kantipur TV HD
Advertisement