बंगलादेशविरुद्ध नेपाल ५२ रनमै अलआउट

माघ ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशविरुद्ध नेपाल ५२ रनमै अलआउट

काठमाडौं । आईसीसी महिला यू-१९ टी ट्वेन्टी विश्वकपमा नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर २ बलमा आफ्नो सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि साना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सीमा केसीले १० रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि जन्नातुल मउवाले २ तथा फहोमिदा छोया, मनिसा सोबा र निशिता निशीले समान १ विकेट लिए । नेपालका पाँच जना खेलाडी रन आउट भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement