खो खो विश्वकप : पुरुषतर्फ नेपालको पहिलो जित

माघ २, २०८१ |खेल ब्युरो
खो खो विश्वकप : पुरुषतर्फ नेपालको पहिलो जित

काठमाडौं । भारतमा जारी खो खो विश्वकप अन्तर्गत पुरुषतर्फ नेपालले पहिलो जित हात पारेको छ । गए राति सम्पन्न समूह ‘ए’को खेलमा नेपालले पेरुलाई ८०-३४ ले पराजित गरेको हो । 

सोमबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ४२-३७ ले पराजित भएको थियो । यससँगै २ खेलमा २ अंक सहित नेपाल समूहको तेस्रो स्थानमा उक्लिएको छ । भारत २ मध्ये २ जित सहित शीर्ष स्थानमा छ । पेरुको भने यो लगातार दोस्रो हार हो । अंकविहीन पेरु समूहको पुछारमा छ । नेपालको पुरुष टिमले आज बिहान साढे ११ बजे ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबारै नेपालको महिला टिमले दोहोरो जित हात पारेको छ । महिला टोलीले भुटान र जर्मनीलाई पराजित गरेको हो । दुवै खेल जितेको महिला टोली समूह सीको शीर्ष स्थानमा छ । महिला टिमले आज दिउँसो ३ बजे श्रीलंकासँग खेल्ने छ ।



Enter Kantipur TV HD
Advertisement