काठमाडौं । खो खो विश्वकपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ ।
भारतको नयाँदिल्लीमा जारी खो खो विश्वकपमा पहिलो खेलमा भुटानलाई हराएको नेपालले आज भएको दोस्रो खेलमा जर्मनीलाई हराएको हो ।
भारतको इन्दिरा गान्धी इन्डोर रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९३-२४ ले हराएको थियो ।
सरस्वती कठायतको कप्तानीमा रहेको नेपाली महिला टोलीले फाइनलसम्म पुग्ने लक्ष्य राखेको छ । नेपाल सम्मिलित समूह ‘सी’ मा, भुटान, जर्मनी, बंगलादेश र श्रीलंका छन् । पुरुषतर्फको पहिलो खेलमा नेपाल भारतसँग ४२-३७ ले पराजित भएको थियो ।