भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔं : उपप्रमुख डंगोल

माघ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔं : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा महानगरले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् कि छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्यांकन गर्ने समय भएको बताउनुभयो । उहाँले भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठूलो क्षति बेहोर्नुपर्ने भन्दै विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । आफूले गरेका कामहरूको मूल्यांकन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, “कम्युनिटी (समुदाय) सबैभन्दा पहिलो ‘रेस्पोन्डर’ हुनुपर्छ । हामीले गरिरहेका कामहरूको मूल्यांकन गर्ने समय पनि हो यो ।”

विसं १९९० माघ २ गतेका दिउँसो २ : २४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement