रवि लामिछानेको थुनछेक बहस जारी

माघ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको हो ।

थुनछेक बहसको लागि प्रहरीले लामिछानेलाई १० बजे नै अदालतमा उपस्थित गराएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछाने तर्फका वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गरिरहनुभएको छ ।

सोमबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस भएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर हुनुभएको थियो ।

गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement