काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट सुरु हुँदैछ । प्रतियोगिताको लागि सहभागी क्लबहरुले अहिले धमाधम छनोट सकेर टिम सार्वजनिक गरिरहेका छन् ।
प्रतियोगिताको उपाधि दाबेदार एपीएफ क्लबले इन्दू बर्माको कप्तानीमा आफ्नो टिम घोषणा गरेको छ । एपीएफको टिममा रोमा थापा, ममता चौधरी, राजमति ऐरी, कविता जोशी, सरिता मगर, विन्दू बुढा मगर, रेखा रावल, सबनम राई रहेका छन् । त्यसैगरी बाँकी खेलाडीहरुमा, करुणा भण्डारी, निशा भट्ट, सुमन विष्ट, नगिता पुन र सन्जु लामा रहेका छन् । एपीएफले भोलि १ बजे हुने खेलमा कर्णाली प्रदेशको सामना गर्नेछ ।
त्यसैगरी भोलि प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशको सामना गर्नेछ । सुदूरपश्चिमले पनि आफ्नो टिम सार्वजनिक गरिसकेको छ । उसको टिम विन्दू रावलको कप्तानीमा रहनेछ । यो टिममा सोभा रोकाया, रितू कनोजिया, कविता कुावर, करिष्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवति धामी, मन्जु विष्ट, मनिषा बोहरा, रविना धामी, आशिका महरा र मनिष खत्री रहेका छन् । प्रधामन्त्री कप भोलि सुरु भएर आगामी माघ १२ गते समापन हुनेछ ।
प्रतियोगिता १२ दिन चल्ने क्यानले जानकारी दिएको हो । यो प्रतिायोगिताबाट नेपालको राष्ट्रिय क्रिकेट टिम छनोट हुनेछ । क्यानले पीएम कपपछि चार देशको महिला क्रिकेट शृंखला नेपालले नै आयोजना गर्दैछ । प्रधानमन्त्री कपका लागि बागमतीले पनि आफ्नो टोली सार्वजनिक गरेको छ । बागमतीको टिममा कन्चन श्रेष्ठ, हेलिसा गुरुङ, सोनु खड्का, यसु पाण्डे, विपिषा शाही, मनिष उपाध्याय, यशोदा विष्ट, हिमानी तामाङ र पूजा साउद रहेका छन् । त्यसैगरी यो टिमका बाँकी खेलाडीहरुमा एली यादव, संस्कृति फुायाल, सानिया गिरी, सविका कुमारी यादव, प्रशंसा घिसिङ, सलिना सिलवाल, अनुष रोका, गंगा बस्नेत र आदित्य पौडेल रहेका छन् ।