एन्फा महिला लिग : एपीएफद्वारा आर्मी ३-१ गोलले पराजित

पुस २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : एपीएफद्वारा आर्मी ३-१ गोलले पराजित

काठमाडौं । एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै एन्फा महिला लिगको शीर्षस्थानमा फराकिलो अग्रता बनाएको छ । लिगमा चार खेलसम्म अपराजित रहने एपीएफ मात्रै हो ।

खेलको आठौं मिनेटमा चन्द्रा भण्डारीले गीता रानाबाट बल खोसेर पोस्टअघि पुर्‍याए पनि गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भइन् । यो अवसर गुमाएसँगै आर्मी खेलको मोमेन्टम आफ्नो पक्षमा ल्याउनबाट चुकेको थियो । पहिलो हाफमा एपीएफले राम्रो प्रदर्शन गर्न नसकेको भए सिर्जना गरेका अवसर भने गुमाउनु पुग्यो । सविता राना मगर र रश्मी घिसिङको जोडीले अट्याकिङ थर्डमा गल्ती गर्दा पहिलो हाफ गोलरहित बनेको हो ।

पहिलो हाफको पाँचौँ मिनेटभित्रै एपीएफकी गोलकिपर सावित्री किसन घाइते भइन् । पहिलो हाफ सकिएसँगै उनलाई अस्पताल लगिएको थियो । जारी लिगमा एपीएफले दुई जना मात्रै गोलकिपर राखेर लिग खेलिरहेको छ । दोस्रो हाफको ६० औं मिनेटमा निशा थोकरले गोल गरेर एपीएफलाई अग्रता दिलाइन् ।

अनिता बस्नेतको कर्नर बलमा निशोल हेडर गोल गरेकी हुन् । यसैगरी, खेलको ७० औं मिनेटमा विमला थापाले बराबरी गोल फर्काइन् । एपीएफको गोलकिपरबाट रिबाउन्ड भएको बलमा विमलाले गोल गरेकी हुन् । अन्तिममा रवाफिलो प्रदर्शन गरेर एपीएफले खेलमा सानदार फिनिस गरेको हो । अनिताले खेलको ८५ औं मिनेटमा गोल गरिन् । त्यसैगरी, लामो दुरीबाट बल प्रहार गरेर प्रिति राईले गोल गरेपछि भने एपीएफले खेलमा ३-१ को जित दर्ता गरेको हो ।

जारी लिगमा चार खेलबाट १२ अंक बनाएर एपीएफ शीर्षस्थानमा छ भने दोस्रो स्थानको आर्मी र तेस्रो स्थानको पुलिसको समान सात-सात अंक छ । आर्मी र पुलिस एपीएफसँग पराजित भएका हुन् । लिगको सुपर लिग चरणमा पाँच टिमले प्रतिस्पर्धा गरिरहेका छन् । वालिङ नगरपालिकालाई हराएर तीन अंक जाडेको बागमती चौथो स्थानमा छ । सबै खेलमा पराजित वालिङ अंकविहीन बनेर पाँचौँ स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement