जर्मन बुन्डेसलिगा : बोरुसिया डर्टमन्ड बायर लिभरकुसेनसँग पराजित

पुस २७, २०८१ |खेल ब्युरो
जर्मन बुन्डेसलिगा : बोरुसिया डर्टमन्ड बायर लिभरकुसेनसँग पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगाअन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमन्डले बायर लिभरकुसेनसँग ३-२ गोलको हार ब्यहोरेको छ । घरेलु मैदानमा सुरुआतबाटै पछि परेर डर्टमन्ड स्तब्ध भएको हो ।

खेलको पहिलो मिनेटमा नै नाथन टेल्लाले गोल गरेपछि पाहुना टोली लिभरकुसनले १-० को अग्रता बनाएको थियो । टेल्लाका लागि रोबर्ट एन्डि्रचले पास उपलब्ध गराएका थिए। त्यसैगरी खेलको आठौं मिनेटमा प्याट्रिक सिकले गोल गरेपछि भने खेलमा लिभरकुसनले दबाब बनाएको थियो।

दुई गोलले पछि परेको अवस्थामा डर्टमन्डले गोल फर्कायो। खेलको १२ औं मिनेटमा नै ज्यामी गिटेन्सले गोल फर्काएपछि घरेलु समर्थक उत्साही बनेका थिए। यससँगै खेलमा फर्कने डर्टमन्डको योजना सफल हुन सकेन। बरु, १९ औं मिनेटमा प्याट्रिकले अर्को गोल थपे। उनले, जे फ्रिम-पोङको पासमा गरेको गोल नै लिभरकुसनलाई जितसम्म पुर्‍याउन पर्याप्त बन्यो।

घरेलु टिमले १९ मिनेटभित्रै तीन गोल ब्यहोरेपछि डिफेन्स बलियो बनाएको भए पनि खेलमा जित दर्ता गर्न पर्याप्त भएन। दोस्रो हाफको ७९ औं मिनेटमा डर्टमन्डले पेनाल्टी पायो। पेनाल्टीमा, सेरहोउ गुरासीले गोल पनि गरेको डर्टमन्डले खेलमा कमब्याक गर्न सकेन्।

गएराति उसले खेलभरी १२ प्रहार गरेको भए पनि थप गोल गर्न सकेन। यता खेल अवधिभरि २९ प्रतिशत समय बलमा नियन्त्रण बनाएर पनि लिभरकुसनले खेल जित्यो। उसले जितसँगै दोस्रो स्थानमा ८ अंकको अग्रता बनाएको छ। लिभरकुसनको ३५ अंक हुँदा तेस्रो स्थानको फ्राङ्कर्फटको २७ अंक मात्रै छ। ३६ अंकका साथ बायर्न शीर्षस्थानमा कायमै छ। यता पराजित डर्टमन्ड भने २५ अंकका साथ छैठौं स्थानमा छ।



Enter Kantipur TV HD
Advertisement