ब्राइटनसँग १-१ को बराबरीमा रोकियो आर्सनल

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्राइटनसँग १-१ को बराबरीमा रोकियो आर्सनल

काठमाडौं । ब्राइटनसँग १-१ को बराबरीमा रोकिएपछि आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ३ अंकमा सीमित गर्ने मौका गुमाएको छ ।

घरेलु मैदानमा ब्राइटनले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि आर्सनल अंक बाढ्न बाध्य भएको हो । इथान न्वानेरीले १६औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । आर्सनलले १ गोलको अग्रतालाई दोस्रो हाफको मध्यसम्म जोगाए पनि ६१ औं मिनेटमा जोआओ पेड्रोले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए ।

विलियम सलिबाले पेड्रोलाई बक्सभित्र फाउल गरेपछि ब्राइटनले पेनाल्टीको अवसर पाएको थियो । यससँगै २० खेलमा ४० अंक जोडेको आर्सनल दोस्रो स्थानमा यथावत छ । १८ खेल खेलेको लिभरपुल ४५ अंकसहित शीर्ष स्थानमा छ । २० खेलमा २८ अंक जोडेको ब्राइटन १० औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न अन्य खेलमा न्युक्यासल, बर्नमथ, यस्टन भिल्ला, ब्रेन्टर्फोड विजयी भए । क्रिस्टल प्यालेस र चेल्सीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement