एन्फा महिला लिगमा आज एपीएफले वालिङसँग खेल्ने

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा आज एपीएफले वालिङसँग खेल्ने

काठमाडौं । एन्फा महिला लिगमा आज विभागीय टिम एपीएफ क्लबले वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । एपीएफ जारी लिगमा अपराजित छ । एपीएफ आफ्नो शत प्रतिशत नतिजालाइ निरन्तरता दिँदै तालिकाको शीर्ष स्थानमा र्फकन चाहन्छ । अन्तिम चरणको लिग तालिकाको तेस्रो स्थानमा रहेको एपीएफको एक खेलबाट तीन अंक छ । यसअघिको खेलमा एपीएफले बागमती युथ क्लबमाथि पाँच एक गोलको फराकिलो जित हात पारेको थियो ।

वालिङ भने नेपाल पुलिस क्लबसँग पाँच एक गोलले पराजित भएको थियो । वालिङका लागि पुनरामनगको मौका छ । तर राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफ सँगको खेल वालिङका लागि चुनौतीपूर्ण रहनेछ । आज जित हात पारे एपीएफ पुलिसलाईपछि पार्दै शीर्ष स्थानमा उक्लनेछ ।

पुलिसको दुई खेलबाट चार अंक छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको पनि समान खेलबाट चार अंक नै छ । पहिलो चरणको लिगमा एपीएफले वालिङमाथि दुई एक गोलको जित हात पारेको थियो । 

सो बेला १२ औं मिनेटमा रेनुका नगरकोटी र ३८ औं मिनेटमा रश्मी घिसिङले गोल गरेका थिए । वालिङका लागि ८० औं मिनेटमा सिसी नान्टोंगोले सान्त्वना गोल फर्काएकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement