उर्जा मन्त्रालयले कुलमानलाई सोध्यो स्पष्टीकरण

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
उर्जा मन्त्रालयले कुलमानलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक स्पष्टीकरण सोधेको छ ।

कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक प्राप्त गरे हटाउन सकिने व्यवस्था रहेको तर घिसिङले कार्यसम्पादन विवरण नै पेश नगरेको भन्दै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो । गोप्य तथा अत्यन्त जरुरी सूचना भन्दै घिसिङका नाममा पठाइएको उक्त पत्रमा मन्त्रालयले अघि बढाएका काममा अवरोध सिर्जना गरेको समेत बताइएको छ ।

डेडिकेटड तथा ट्रंक लाइनको विवादमा रहेको टिओडी मिटर अध्ययनका लागि बनाइएको समितिलाई प्राधिकरणले सेवा तथा सुविधा दिनुपर्नेमा घिसिङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेको मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दिपक खड्का कुलमानलाई हटाउने प्रयासमा छन् । जसका लागि पटक-पटक स्पष्टीकरण सोधिएको छ । आफूले अह्राएका काम नगरेको भन्दै मन्त्री खड्का घिसिङप्रति रुष्ट छन् भने प्रधानमन्त्री ओलीले घिसिङको पहिलो कार्यकालबाट नै असन्तुष्टि जनाउँदै आउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement