‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन माघ १२ मा हुने

पुस २२, २०८१ |खेल ब्युरो
‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन माघ १२ मा हुने

काठमाडौं । चौथो संस्करणको ‘राइट टू प्रोटिन रन’ आगामी माघ १२ गते काठमाडौंमा हुने भएको छ । नेपाल भेटेनरी संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ लाखभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता आयोजना गर्नेबारे जानकारी दिएको हो । 

प्रतियोगितामा हाफ म्याराथन, १० हजार र पाँच हजार मिटर दौड, १२ कक्षासम्मका विद्यार्थीका लागि ५ किमी र तीन किमी दौड आयोजना हुने आयोजकले जानकारी दिएको छ । फरक क्षमता भएका व्यक्तिका लागि तीन किलोमिटरको ह्विलचेयर रेस रहेको आयोजकले जानकारी दिएको छ ।

हाफ म्याराथन विजेताले करबाहेक १ लाख ५० हजार पाउने छ भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७० हजार पाउनेछन्। प्रतियोगितामा पाँच उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउने छन् । एथ्लिटलाई व्यवसायिक बनाउन प्रतियोगितामा सहभागी बन्ने धेरै खेलाडीलाई नगर पुरस्कारको व्यवस्था गर्न धाविक सन्तोषी श्रेष्ठले आग्रह गरेकी छन्।

दौड माघ १२ गते बिहान दशरथ रंगशालाबाट सुरु हुनेछ । हाफ म्याराथन रंगशालाबाट सुरु भइ थापाथली, माइतीघर, वानेश्वर, कोटेश्वर हुँदै सल्लाघारी, कटुञ्जेको पुलबाट सोही रुटमा रंगशाला फर्किनुपर्नेछ। १० किमी, ५ किमी र तीन किमीका दौड पनि यही रुटको छोटो दुरीमा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको कुल लागत ७४ लाख अनुमान गरिएको छ । प्रतियोगितामा ७ हजार खेलाडी सहभागी हुने आयोजकले बताएको छ । 



Enter Kantipur TV HD
Advertisement