काठमाडौं । प्रिमियर लिगमा एर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले वेस्ट हमलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
यससँगै खराब लयबाट गुज्रिरहेको सिटीले २०२५ मा पुनरागमन गर्दै लगातार २ खेल जितेको छ । भ्लादिमिर कउफलले १० औं मिनेटमा आत्माघाती गोल गरेपछि सिटीले उपहार गोल मार्फत सुरुवाती अग्रता बनाएको थियो ।
हालान्डले ४२ औं मिनेटमा सविन्होको थ्रू पासमा सिटीका लागि दोस्रो गोल थपे । ५५ औं मिनेटमा सविन्होकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ३-० को अग्रता बनाए । फिल फोडेनले चौथो थपे । केभिन डे ब्रुइनको पासमा फोडेनले गोल गरेका हुन् ।
ब्रुइनका लागि सिटीबाट यो ४ सयौं गोल थियो । ७१ औं मिनेटमा वेस्ट हमले १ गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै असर पारेन । जितसँगै सिटी २० खेलमा १० जितसहित ३४ अंक जोडेर लिगको छैठौं स्थानमा उक्लिएको छ । समान खेलमा २३ अंकसहित वेस्ट हम १३ औं स्थानमा छ ।