काठमाडौं । आईसीसीले एकदिवसीय क्रिकेटर वर्ष खेलाडीको अवार्डको मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा श्रीलंकाका दुई र अफगानिस्तानका एक खेलाडी परेका छन् ।
यो वर्ष २६ विकेट लिएका वानिन्दु हसरंगासँगै कुशल मेन्डिस मनोनयनमा पर्ने श्रीलंकन खेलाडी हुन् । कुशलले यो वर्ष ६ विपक्षी टोलीविरुद्ध अर्धशतक बनाएका थिए । ५० भन्दा मथिको औषतमा वर्षभर क्रिकेट खेलेका कुशलले न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए । उनले न्युजिल्यान्डविरुद्ध एक सय २८ बलमा एक सय ४३ रन प्रहार गरेका थिए ।
अफगनिस्तानका अजमतुल्लाह उमरजाईले वर्षका १२ इनिङ्समा चार सय १७ रन बनाए । उनको प्रदर्शन उत्कृष्ट रह्यो । उमरजाईले एक सय १५ बलमा बनाएको अविजित एक सय ४९ रनले राम्रै चर्चा कमाएको थियो ।
शेरफन रुदरर्फडले एकदिवसीय क्रिकेटमा यो वर्ष चार सय २५ रन बनाए । उनले श्रीलंकाविरुद्ध लगातार तीन अर्धशतक प्रहार गरेका थिए । वेस्टइन्डिज पराजित भए पनि उनले सानदार प्रदर्शन गरे । बंगलादेशले दिएको दुई सय ९५ रन चेज गर्ने क्रममा शेरफनले ८० बलमा एक सय १३ रन बनाएर आफ्नो टोलीलाई सहज अवस्थामा पुर्याएका थिए ।
यस्तै, महिलातर्फको एकदिवसीय वर्ष क्रिकेटरमा अष्ट्रेलियन, दक्षिण अफ्रिका, भारत र श्रीलंकाका एक-एक खेलाडी मनोनयनमा परेका छन् । यो वर्ष दक्षिण अफ्रिकाकी लाउरा उल्भार्टले १२ इनिङ्समा ६ सय ९७ रन बनाइन् । श्रीलंकाकी चमारी अथापथ्रूले ९ इनिङमा चार सय ५८ रन बनाइन् । उनले दक्षिण अफ्रिकाविरुद्ध एक सय ९५ रन बनाएर आफ्नो टोलीलाई जित दिलाएकी थिइन् ।
भारतकी स्मृति मन्धनाले यो वर्ष सात सय ४३ रन बनाउँदा एक विकेट पनि लिइन् । अलराउन्डर मन्धनाले होम सिरिजमा दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । वर्षमा तीन सय ६९ रन बनाएकी कंगारु टिमकी एन्नाबेल साउदरल्यान्ड पनि वर्ष उत्कृष्ट क्रिकेटरको मनोनयममा पर्न सफल भएकी छिन् ।